त्रिकाेणात्मक सिरिज : ओमान र अमेरिका भिड्दै

काठमाडौँ । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज ओमान र अमेरिका आमनेसामने हुँदैछन् ।

यसअघि दुवै टिमले दुई सिरिज खेलिसकेका छन् । अमेरिका ८ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ तालिकाको शिर्ष स्थानमा छ ।ओमान ७ खेलमा ५ जित सहित १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । ओमानले भने दोस्रो सिरिजको दुई खेल गुमाएको थियो ।

खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

नेपालसँग ओमानले एक खेलिसकेको छ । अमेरिका भने पहिलो खेल खेल्न लागेको हो । ओमानले पहिलो खेलमा घरेलु टोली नेपाललाई कम रन बनेको खेलमा १८ रनले पराजित गरेको थियो ।

शीर्ष ३ मा रहने राष्ट्रले सिधै सन् २०२३ को विश्वकप छनोटमा स्थान बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?