टोटेनहम एफ ए कपको पाँचौ चरणमा

काठमाडौं । जितसँगै टोटेनहम एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा साउथह्याम्टनमाथि जित निकाल्दै टोटेनहम पाँचौ चरणमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा टोटेनहमले साउथह्याम्टनलाई ३–२ ले पराजित गर्यो ।

जितसंगै टोटेनहमले नर्विच सिटीसंगको उपाधि भिडन्त पक्का गरेको छ । ज्याक स्टेफनले १२ औ मिनेटमा गरेको आत्मघाति गोलबाट टोटेनहमले अग्रता बनाएको थियो ।

साने लङले ३४ औं मिनेटमा गोल गर्दै साउथह्याम्टनलाई खेलमा फर्काए । ड्यानी ईङ्सले ७२ औं मिनेटमा साउथह्याम्टनलाई खेलमा अग्रता दिलाएका थिए ।

त्यस्तै, लुकास मौराले ७८ औ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ८७ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै सन ह्युङ मिनले टोटेनहमका लागि विजयी गोल गरे ।

साउथह्याम्टनले अब प्रियिमर लिगको पुछारमा रहेको टिम नर्विच सिटीलाई पाँचौ चरणको खेलमा आतिथ्यता प्रदान गर्नेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?