काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।
पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले सरस्वती फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने छन् ।
दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।
दोस्रो स्थानको मछिन्द्रले २२ अंक जोडेको छ । पुछारको सरस्वतीको ४ अंक रहेको छ । आर्मी २३ अंक सहित शीर्ष स्थानमा छ । ५ अंक जोडेको एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया