धनगढीका एक युवक आइतबारदेखि वेपत्ता

धनगढी । आइतबारदेखि धनगढीका एक युवक वेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ बैयाबेहडी बस्ने २३ वर्षीय किरण शाही आइतबारबाट सम्पर्क विहीन भएको परिवारले जनाएका छन् ।

सुस्त मनस्थितीका उनी आईतबार धनगढीबाटै सम्पर्क विहिन भएकाले देख्ने भेट्नेलाई प्रहरीकोमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन्। गहुँगोरो वर्णका शाही अन्दाजी पाँच फिट उचाई, कालो टोपी, कालो जकेट, खैरो ट्राउजर र चप्पल लगाएको उनको परिवारले जनाएको छ। शाही बोल्न नसक्ने अवस्थाका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?