ललिता निवास जग्गा प्रकरण : संलग्नमाथि विशेष अदालतमा भ्रष्टचारको मुद्दा

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने संलग्नहरुमाथि कार्वाही गर्न माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

संलग्नरहेका तत्कालिन मन्त्री र कर्मचारीहरुलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो । सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विशेष अदालत स्रोतका अनुसार अख्तियारले १०० जनाभन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

अख्तियारले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी तथा तत्कालीन कर्मचारीहरु दीप बस्न्यात, छबिराज पन्त, दिनेशहरि अधिकारी लगायतलाई प्रतिवादी बनाएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?