दलाई लामाका १२ चोटिला भनाईहरु

काठमाडौं । १४ औँ दलाई लामाको पदमा रहेका दलाई लामाको वास्तविक नाम तेन्नजिङ ग्यात्सो हो । उनको जन्म सन् १९३५ जुलाई ६ मा तिब्बतको उत्तर पूर्वको सानो गाउँ ताकट्सगर भन्ने ठाउँमा भएको थियो ।

तिब्बती परम्पराअनुसार उनलाई सन् १९४० को २२ फेब्रुअरीमा १४औँ दलाई लामाको उपाधि दिइएको हो ।

उनको अध्ययन ६ वर्षबाट प्रारम्भ भएको र २५ वर्षको उमेरमा उनले विद्यावारिधि गरेका थिए । दलाई लामालाई चीनले देश निकाला गरेपछि उनी भारतमा रहेका छन् ।

दलाई लामाका १२ चोटिला भनाईहरु

१. तिमी जसलाई प्रेम गर्दछौ त्यसलाई उड्नको निम्ति पखेटा देउ ।

२. हाम्रो उद्देश्य अरु मानिस भन्दा राम्रो बन्नु होइन, बरु हिजोको आफू भन्दा आजको आफू राम्रो बन्नु हो ।

३. विहानको एउटा सकारात्मक सोचाईले पुरै दिनलाई बदल्न सकिन्छ ।

४. खुसी कुनै रेडिमेट तयारी वस्तु होइन,यो त तिम्रो आफ्नै कर्मले प्राप्त हुन्छ ।

५. अरुको व्यवहारले आफूलाई बर्बाद हुन नदेउ ।

६. आफैलाई जित्नु हज्जारौँ युद्ध जित्नुभन्दा ठूलो विजय हो ।

७. स्थाई र स्थिर सुखका लागि हामीसँग जे छ त्यसलाई चाहाना गर्न सक्नुपर्दछ, न कि नभएको वस्तु पाउँने चाहाना ।

८. सधै आशावादी बन त्यसले तिमीलाई राम्रो अनुभुति दिन्छ ।

९. यदि समस्याको समाधान छ भने चिन्ता नगर ।

१०. समाधान बिनाको चिन्ता गरेर केहि हुँदैन ।

११. यदि तिमी खुसी हुन चाहान्छौ भने मनमा करुणा जगाइराख ।

१२. तिमी अन्य व्यक्ति खुसी भएको हेर्न चाहान्छौ भने मनमा करुण, दया र सहयोगको भावना बनाइराख ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?