मानिसहरुले दैनिक एक घण्टा अर्काको कुरा काटेरै बिताउँछन् !

काठमाडौं । अधिकांश मानिसहरू दिनमा एकपटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा काटिरहेका हुन्छन् । मानिसहरूमा प्रायजसो प्रशंसाका साथै कुरा काट्ने बानी हुन्छ ।

सोसियल साइकोलोजिकल एण्ड पर्सनालिटी साइन्समा प्रकाशित गरिएको जर्नलमा मान्छेले दिनमा करिब १ घण्टा अरुका कुरा काटेर बिताउने गरेको उल्लेख गरिएको छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्ययनकर्ताले ४ सय ६७ मानिसको अध्ययन पछि मानिसहरूले दिनमा कम्तिमा १ घण्टा अरुको कुरा काट्ने गरेको पत्ता लगाएका छन् ।

अध्यननमा पुरुषले भन्दा पनि महिलाहरूले धेरै कुरा काट्ने गरेको अनुसन्धानबाट पत्तालागेको छ ।

त्यस्तै, युवाहरूले वयश्कको तुलनामा बढी नकारात्मक कुरा गर्ने गरेको संकलन गरिएको डाटाले देखाएको छ ।

युनिभर्सिटीले सहभागी सबैमा एउटा सानो पोर्टेबल रेकर्डर लगाएर २ देखि ५ दिनसम्म सबै संवाद र अन्तरक्रियाहरू अध्ययन गरेर सबै रेकर्डिङको विश्लेषण गर्दा एउटा सामान्य व्यक्तिले कम्तीमा पनि दिनको ५२ मिनेट अरुका बारेमा कुरा गर्ने र १५ प्रतिशतले मात्र कुरा काट्ने तथा नकारात्मक कुरा गर्ने गरेको पाइएको हो ।

गरिब र अशिक्षितहरूले धेरै गसिप गर्ने गरेको विश्वास रहेपनि अनुसन्धानले सो भनाई गलत साबित गर्दै धनी र शिक्षितहरू नै अरुका बारेमा धेरै कुरा गरिरहेको पत्ता लगाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?