नेपालको छैटौं विकेट पतन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपाललाई ओमानले १९८ रनको लक्ष दिएको छ । नेपालको छैटौं विकेट पतन भएको छ । बिनोद भण्डारी २६ रनमा क्याच आउट भएका छन् । करण केसी क्रिजमा प्रवेश गरेका छन् । ३४ ओभरको खेल सकिएको छ । नेपालले ६ विकेटको क्षतिमा ११६ रन जोडेको छ ।

हालसम्म नेपाल र ओमान ७ पटक एकदिवसीयमा आमने सामने भएका छन् । जसमा नेपाल र ओमान दुवैले समान ३-३ खेल जितेका छन् ।
नेपालले सुरुवाती ३ खेलमा जित हात पारेको थियो । ओमानले पछिल्लो ३ खेलमा नेपाललाई पराजित गर्दै आएको छ ।

२४ वर्षे क्रिकेट इतिहासमा नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलिरहेको हो । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालको यो पहिलो खेल समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?