काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपाललाई ओमानले १९८ रनको लक्ष दिएको थियो । ओमान ९ विकेट गुमाउँदै नेपाललाई रनको लक्ष दिएको थियो ।
तर नेपालले निर्धारित ५० ओभरमा १७९ रन बनाउँदै हार व्यहोरेको हो । नेपाल ४६ ओभरमा १७९ रन बनाउँदै अल आउट हुँदे हार व्यहोरेको हो ।
ओमानले विश्वकप लि-२ अन्तर्गतको ६ खेल खेलीसकेको छ । ६ खेलमा ४ जित सहित ८ अंक बटुलेको ओमान अंक तालिकाको चौथो स्थानमा रहेको छ । सिरिजमा उसले बलियो टिम स्कटल्याण्ड, पीएनजी र युएईलाई पराजित गरिसकेको छ ।
२४ वर्षे क्रिकेट इतिहासमा नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलिरहेको हो । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालको यो पहिलो खेल समेत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया