ज्योतिष शास्त्रका अनुसार के भयो भने डिभोर्स हुन्छ ?

काठमाडौं । हरेक श्रीमानले आफ्नो श्रीमती सुन्दर र राम्रो होस् भन्ने सोच्छन् । तर के यो सम्भव छ त ? ज्योतिष शास्त्रका अनुसार जन्म कुण्डलीमा शुक्र सप्तम स्थानमा भयो भने यो कुरा सम्भव रहेको छ ।

शुक्र ग्रह विवाहका लागि सबैभन्दा महत्वपूर्ण ग्रह हो । यदि कसैको पनि कुण्डलीमा शुक्र कमजोर छ भने त्यसको वैवाहिक जीवन दुःखमय बन्छ ।

यस्तो अवस्थामा विद्वान ज्योतिषीहरुको सल्लाह र सुझाव लिनु उपर्युक्त मानिन्छ । जन्म कुण्डलीको सप्तम स्थानमा मंगल,शनी,राहु,केतु र सूर्य मध्ये कुनै एउटा ग्रह छ भने विाह गर्नेहरुले चिन्ता लिन आवश्यक छैन ।

जबसम्म सूर्य मकर र तुला राशीमा नभएसम्म हानी हुँदैन । मंगल ग्रह पनि मेष,वृश्चिक,धनु,मकर र मिन राशीमा भएको बेला पनि चिन्ता लिनु आवश्यक हुँदैन ।

यदि कर्कट,तुला, मिथुन र कन्या राशीको मंगल सप्तम स्थानमा छ भने मांगलिक योगको साथसाथै श्रीमतीसँगको सम्बन्धमा पनि चिन्ता हुन्छ ।

यदि त्यो खालको कुण्डली कसैको भए त्यस्तो कन्यासँग विवाह नगरेकै राम्रो मानिन्छ । त्यस्तै राहु सप्तम भावमा छ भने पनि भविष्यमा श्रीमतीसँग सम्बन्ध बिच्छेद हुन सक्छ ।

यदि कुण्डली धेरै प्रबल छ र राहु तथा सूर्य एकसाथमा मिलेको छ भने डिभोर्स हुने सम्भावना प्रवल रहन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?