काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपाललाई ओमानले १९८ रनको लक्ष दिएको छ । आरिफ सेख र रोहित कुमार पौडेल आउट भएका छन् । बिनोद भण्डारी क्रिजमा आएका छन् ।
हालसम्म नेपाल र ओमान ७ पटक एकदिवसीयमा आमने सामने भएका छन् । जसमा नेपाल र ओमान दुवैले समान ३-३ खेल जितेका छन् ।
नेपालले सुरुवाती ३ खेलमा जित हात पारेको थियो । ओमानले पछिल्लो ३ खेलमा नेपाललाई पराजित गर्दै आएको छ ।
२४ वर्षे क्रिकेट इतिहासमा नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलिरहेको हो । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालको यो पहिलो खेल समेत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया