पर्यटन प्रवर्द्धनका लागी प्रर्याप्त स्रोत र जनशक्ति पुगेन : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवर्द्धनका लागी प्रर्याप्त स्रोत र जनशक्ति नभएको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको भ्रमण वर्ष २०२० को कार्यान्वयनको अवस्था विषयक छलफलमा मन्त्री भट्टराईले स्रोत, साधन र जनशक्ति अभाव रहेको बताएका हुन् । भ्रमण वर्ष र पर्यटन प्रवर्द्धनका लागि जनशक्ति र स्रोत, साधन मात्रै नभएर बजेट पनि न्यून रहेको उनले बताए । ‘भ्रमण वर्ष र पर्यटन प्रवद्र्धनका लागि स्रोतहरुको अभाव छ । हामी २०, २५ करोडको कुरा गरिरहेका छाँै । यो अन्त्यन्तै न्यून बजेट हो’, उनले भने । मन्त्री भट्टराईले नेपालको पर्यटन प्रवर्द्धन र भ्रमणवर्षलाई प्रभावकारी बनाउन जनशक्ति थप्दै स्रोत साधन बढाउने कुरामा जोड दिने प्रतिवद्धतासमेत जनाए ।

मन्त्री भट्टराईले नारायणहिटीमा कुनै होटल नबन्ने स्पष्ट पारे । संग्राहलयको मापदण्डमा नारायणहिटी रहने उल्लेख गर्दै भट्टराईले भने, ‘नारायणहिटी दरबारमा कुनै पनि होटल बन्दैन यो संग्राहलयकै रुपमा रहनेछ । संग्राहलयको मापदण्डभित्र रहनेछ । होटल बनाउने योजना पनि छैन् । बन्दा पनि बन्दैन् । बरु कफि सपसम्म बन्न सक्छ । अरु कुनै व्यापारिक प्रयोजनका लागि संरचना बन्दैन् ।’

उनले कारोना भाइरसका कारण चीनबाट लक्ष्यअनुसार पर्यटक भित्र्याउन सम्भव नहुने भएकाले अन्य बैकल्पिक बजारको खोजी भएको बताए ।

चीनबाट यो वर्ष ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भएपनि कोरोना भाइरसले पूर्ति हुने सम्भावना नरहेको र नीजि क्षेत्रहरुसँग छलफल गरी बैकल्पिक बजार खोज्न योजना बनिरहेको उनले बताए ।

बैठकमा मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिले भन्दा धेरै सुधार आएको बताए । तराई क्षेत्रमा रहेका राजविराज विमास्थल बाहेक अन्य विमानस्थलहरुमा रात्रिकालिन उडान सुरु भएको बताएका हुन् ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमास्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछिल्लो कार्यप्रगति राम्रो रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?