वियरको सुरक्षामा पनि अब कण्डमको प्रयोग गर्न सकिने

काठमाडौं । कण्डमलाई परिवार नियोजनको अस्थायी साधनको रुपमा लिने गरिन्छ । तर कण्डम के शारीरिक सम्पर्कका लागि मात्र प्रयोग गरिन्छ त ? हामीलाई त्यहि बारेमा मात्र थाहा छ तर अब कण्डमको प्रयोग शारीरिक सम्पर्कमा मात्र नभएर पेय पदार्थ (वियर)को सुरक्षाको लागि पनि प्रयोग गर्न थालिएको छ ।

अब बाट वाइनको बोतल खोलेर सबै खान सकिएन भने बजारमा आएको वाइन कण्डमले बोतलमा भएको वियर सुरक्षित राखिदिन्छ ।

बोतल खोलेर प्रयोग गरिसकेको बासी वाइन सायदैलाई मन पर्दैन । तर अब बोतलमा वाइन कण्डम लगाएपछि त्यो वाइन बासी हुने र स्वाद बिग्रिने कुराको कुनै चिन्ता लिइराख्नु पर्दैन ।

कण्डम जस्तै देखिने यो उपकरण रबरबाट बनेको हुन्छ । सुनौलो प्याकेटमा प्याक गरेर बजारमा पठाइएको यसको बनावट पनि कण्डम जस्तै बनावटको छ ।

वाइन कण्डम सन् २०१४ मा बनेपनि सर्वसाधारणका लागि भने भर्खरैमात्र बजारमा आएको हो । वाइन कण्डमको एक प्याकमा ६ वटा हुने गर्दछन् ।

जसलाई अमेजन र वाइन कण्डम वेबसाइट मार्फत किन्न सकिन्छ । प्रयोगकर्ताहरुले यो प्रविधिलाई राम्रँे भएको बताएका छन् ।

प्रयोग कर्ताहरुले प्रयोग गर्न सजिलो,बोतलमा बिर्काे लगाउँदा हुने झन्झट नहुने भएकोले राम्रो प्रविधि भित्रिएको बताइरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?