एक बोतल पानीकै एक करोड !

काठमाडौं । एक बोतल पानीको मूल्य कति पर्छ ? साधारणतया हामीले एक बोतल पानी २० रुपैयाँमा किनेर खाएका होलाउँ । तर अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको एक बोतल पानीलाई नै एक करोड पर्दछ ।

यो करोड पर्ने एक बोतल पानी किन्न पनि त्यति सजिलो भने छैन । पानी किन्नको लागि पहिले नै कम्पनीलाई अर्डर दिनुपर्छ । त्यसपछि कम्पनीले पानी उत्पादन गरेर अमेरिकाको वेबर्ली हिल्सबाट उपभोक्तासम्म पुर्याउँदछ ।

यो पानी सायद खानको लागि नभएर लक्जरी कलेक्सनको लागि हो । यो पानी महंगो हुनुको अर्काे कुरा भनेको बोतलमा बिर्काे सुनको बनाईएको छ।

बोतलमा १४ क्यारेटका ६ सय वटा सेतो तथा २ सय ५० वटा कालो हिरा जडित छन् । हरेक बोतलका लागि कम्पनीले फ्क फरक खोल बनाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?