होण्डाको नयाँ शोरुम हेटौंडामा खुल्यो

काठमाडौं । होण्डाको नयाँ शोरुम हेटौंडामा उद्घाटन भएको छ ।  स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले उक्त शोरुमको उद्घाटन गरेकाे हो । स्याकार ट्रेडिङ्ग   होण्डाका मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेताका हाे । साथै ज्योति ग्रुपको एक अग्रणी कम्पनी हाे ।  माघ २२ गते रुद्रपथ, हेटौंडामा होण्डा बाइकको लागि आफ्नो नयाँ थ्रि एस डिलरशिप टाइम्स अटोहब प्रा.लि को उद्घाटन गरेको जनाएको छ ।

जून मकवानपुर जिल्लामै पहिलो होण्डाको एकमात्र आधिकारिक उक्त शोरुम हो । उक्त शोरुमको उद्घाटन मकवानपुर उद्योग वाणिज्यका अध्यक्ष कृष्ण कटुवाल, स्याकार ट्रेडिङ्गका लागि होण्डा मोटरसाइकलका जेनेरल म्यानेजर सोहन श्रेष्ठ र स्याकार ट्रेडिङ्गका लागि स्पेयर पार्टस्का जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले संयुक्तरुपमा गरेका हुन् ।

होण्डाका ग्राहकहरुले अब नेपालकै सबैभन्दा सस्तो ९.९९ को ब्याजदरमा सरल र सहज हिसाबले “सोही दिन कर्जा सुविधा” समेत प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरुका लागि बिक्री, सर्भिस र स्पेयर्स पार्टस्मा उच्चस्तरीय सेवा प्रदान गर्न टाइम्स अटोहब प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?