ज्ञानेन्द्र र पारस मैदानमा, गर्लान त लक्ष्य पुरा ?

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपाललाई ओमानले १९८ रनको लक्ष दिएको छ । ओमान ९ विकेट गुमाउँदै नेपाललाई रनको लक्ष दिएको हो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्का ओपनिङमा आएका छन् । दोस्रो ओभरको खेल सकिएको छ । नेपालले २ रन जोड्को छ ।

ओमानले विश्वकप लि-२ अन्तर्गतको ६ खेल खेलीसकेको छ । ६ खेलमा ४ जित सहित ८ अंक बटुलेको ओमान अंक तालिकाको चौथो स्थानमा रहेको छ । सिरिजमा उसले बलियो टिम स्कटल्याण्ड, पीएनजी र युएईलाई पराजित गरिसकेको छ ।

२४ वर्षे क्रिकेट इतिहासमा नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलिरहेको हो । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालको यो पहिलो खेल समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?