फेरि अर्को दुर्घटना, २ को मृत्यु

काठमाडौं, १३ माघ । धनुषामा ६ जनाको ज्यान जाने गरी भएको दुर्घटना सेलाउन नपाउँदै पाँचथरमा अर्को दुर्घटना भएको छ । पाँचथरको याङवरकमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन् गएराति करिव ११ बजे याङवरक गाउँपालिका–३ वारेबुङबाट ओयाम जाँदै गरेको ग १ ज ६०८५ नम्बरको जीप याङबरक गाउँपालिका–२ फलैँचामा बाटोबाट करिव ३ सय मीटर तल झरेर दुर्घटना हुँदा याङवरक–३ का १८ वर्षका गाडीका सहचालक प्रवेश योङ्या र सोही स्थानका १६ वर्षका सन्दीप योङ्याको ज्यान गएको प्रहरीले जनाएको छ दुर्घटनामा गम्भिर घाइते भएका याङवरक–३ का १२ वर्षिय वलराम योङया, १२ वर्षकै प्रकाश योङया, १३ वर्षका प्रदिप राई र १७ वर्षिय लक्ष्मण राईलाई पाँचथर अस्पतालवाट रेफर गरिएको छ उनीहरुलाई झापाको विएण्डसी अस्पताल लगिएको छ भने अन्य घाइते २ जना २४ वर्षका मनोज गुरुङ र १६ वर्षका इसाक योङयाको जिल्ला अस्पताल पाँचथरमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?