भुत देखियो भन्दै पुलिस स्टेशनमा हवन !

काठमाडौं । जीवनमा हरेक मानिसहरु बिभिन्न समयमा प्रहरीको सहयोग माग्छन् । केहि घटनाहरु भएको अवस्थामा पहिला हामी प्रहरीलाई नै त्यसको बारेमा जानकारी गराउँछौ ।

तर अफ्ठ्यारो समयमा साथ दिने पुलिस नै अन्धविश्वासका कारण डराएपछि साधारण मानिसहरुलाई के होला ? भारतीय सञ्चारमाध्यामका अनुसार भारतीय युपी पुलिसले अन्धविश्वासको डरपछि पुलिस स्टेशनमै हवन गराएका छन् ।

भारतको टिपीनगर पुलिस स्टेशनमा भुतको डरपछि प्रशासनले नै भुत भगाउँनको लागि हवन गराएको हो । पछिल्ला केहि दिनमा प्रशासनको वरिपरी भुत देखिएको भन्दै हवन गराएका हुन् ।

भारतीय सञ्चारमाध्यामका अनुसार राती त्यहाँको पुलिस स्टेशनमा अचम्मका घटनाहरु देखिएको भन्दै उनीहरुले हवन तथा पूजा गरिएका हुन् ।

टिपी पुलिसका सदस्यहरुले भुत देखेको दाबी पनि गरेका छन् । पुलिस स्टेशनमा अहिले हनुमानको मूर्ति स्थापना गरेर पूजा गर्न थालिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?