काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्द्धा गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपाललाई ओमानले १९८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो । ओमानले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा नेपाललाई १९८ रनको लक्ष्य दिएको हो ।
नेपालले ६ जना बलरलाई मैदान उतारेको थियो जसमा ९ ओभर बलिङ गरेका करण केसिले एउटा मेडन ओभर सहित ४७ रन खर्चिएर ४ विकेट हात पारे ।
त्यस्तै नेपालको तर्फबाट डेब्यु गरेका शुसान भारीले किफायति बलिङ गर्दै १० ओभरमा मात्र १४ रन खर्चिएर १ मेडन ओभर सहित ३ विकेट हात पारे भने उपकप्तान दिपेन्द्र सिंह ऐरीले ५ ओभर बलिङ गरेर १ विकेट हात पारेका छन् ।
नेपाल अबको केहि समय पछि जवाफि ब्याटिङमा उत्रदैछ ।
ओमानले विश्वकप लि-२ अन्तर्गतको ६ खेल खेलीसकेको छ । ६ खेलमा ४ जित सहित ८ अंक बटुलेको ओमान अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
सिरिजमा ओमानले बलियो टिम स्कटल्याण्ड, पीएनजी र युएईलाई पराजित गरिसकेको छ ।
२४ वर्षे क्रिकेट इतिहासमा नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलिरहेको हो । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालको यो पहिलो खेल समेत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया