२०७४, १३ माघ शनिवार ११:४३

फेरि अर्को दुर्घटना, २ को मृत्यु


प्रकाशित मिति : २०७४, १३ माघ शनिवार ११:४३

धनुषा, १३ माघ । धनुषामा ६ जनाको ज्यान जाने गरी भएको दुर्घटना सेलाउन नपाउँदै पाँचथरमा अर्को दुर्घटना भएको छ । पाँचथरको याङवरकमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन् गएराति करिव ११ बजे याङवरक गाउँपालिका–३ वारेबुङबाट ओयाम जाँदै गरेको ग १ ज ६०८५ नम्बरको जीप याङबरक गाउँपालिका–२ फलैँचामा बाटोबाट करिव ३ सय मीटर तल झरेर दुर्घटना हुँदा याङवरक–३ का १८ वर्षका गाडीका सहचालक प्रवेश योङ्या र सोही स्थानका १६ वर्षका सन्दीप योङ्याको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस