राष्ट्रियसभा निर्वाचनः एमाले उम्मेदवारविरुद्ध कांग्रेस उम्मेदवारको उजुरी

पोखरा, १३ माघ । आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दिएका एमालेका नेता रामबहादुर थापाविरुद्ध उनकै प्रतिस्पर्धी रहेका काँग्रेसका प्रकाश पन्थले उजुरी गरेका छन् मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्दै पन्थले थापाको अपांगता परिचयपत्रमाथि प्रश्न उठाएका छन् वि.सं. २०५७ सालमा लिएको अपांगता परिचयपत्र थापाले पेस गरेको र पछिल्लो निर्देशिका अनुसारको नयाँ कार्ड नभएकाले पुरानोले मान्यता नपाउने उजुरीमा उल्लेख गरिएको छ स्याङ्जा जिविसका पूर्वसभापति समेत रहेका थापामाथि द्वन्द्वकालमा माओवादीले मरणासन्न हुने गरी कुटपिट गरेका थिए थापाले भने पुरानै परिचयपत्रका आधारमा राज्यका अन्य सुविधा लिएको भन्दै नयाँ निर्देशिका अनुसार नयाँ कार्डका लागि प्रक्रियामा रहेको बताएका छन् उजुरीका बारेमा शनिबार निर्वाचन आयोगले अन्तिम निर्णय गर्ने जनाइएको छ क्षेत्रीय निर्वाचन अधिकारी तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनुगमन अधिकृत तोकिएका गंगालाल सुवेदीले सबै कागजात केन्द्रमा पठाएको र थापा उम्मेदवार बन्न पाउने या नपाउने भन्ने विषयमा शनिबार केन्द्रले जानकारी पठाउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?