३० ओभरको खेल सकिदा ओमानले जोड्यो ८१ रन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर नेपाल पहिले बलिङ गरिरहेको छ । ३० ओभरको खेल सकिदा नेपालविरुद्ध ओमानले ५ विकेट गुमाएर ८१ रन जोडेको छ । यस ओभरमा पारस खड्काले १ रन खर्चिए ।

बलिङ गर्न करण केसी आएका छन् ।

२४ वर्षे क्रिकेट इतिहासमा नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलिरहेको हो । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालको यो पहिलो खेल समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?