काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । टियु क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ ।
खेलको १९ औँ ओभरमा बलिङ गर्न आएका सुसान भारीले आफ्नो डेब्यु खेलमा नै दुई विकेट लिएका छन् । उनले नेपाललाई चौथो र पाँचौ सफलता दिलाएका हुन् ।
१९ औँ अोभरको चौथो र पाचौँ बलमा उनले ओमनका २ विकेट लिएर ओमननको ब्याटिङ लाइन धरासायी बनाएका छन् ।
१९ ओभरको खेल सकिँदासम्म ओमनले आफ्ना महत्वपूर्ण ५ विकेट गुमाएर ५७ रन बनाएको छ ।
२४ वर्षे क्रिकेट इतिहासमा नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलिरहेको हो । आईसीसी विश्वकप क्रिकेट लिग९२ अन्तर्गत नेपालको यो पहिलो खेल समेत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया