काठमाडौं । अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी)ले सार्वजनीक गरेको विश्व वरियतामा महिला भलिबलले उच्च स्थान हासिल गरेको छ ।
विश्व भलिबलको सर्वोच्च निकाय एफआईभीबीले निकालेको पछिल्लो वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टिमले ८७ औं स्थान हासिल गरेको छ । एफआईभीबीले अन्तराष्ट्रिय सहभागीता र अन्तराष्ट्रिय सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ ।
महिला टिमले यस बर्ष एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जित्नुका साथै सागमो ऐतिहासिक रजत पदक हात पारेको थियो । सोही नतिजाका आधारमा महिला भलिबल टिमले विश्व वरियतामा उच्च स्थान हासिल गर्न सफल भएको हो ।
देशभित्रकै राष्ट्रिय प्रतियोगितामा व्यस्त रहेपनि भलिबलको अन्तराष्ट्रिय सहभागीता र नतिजा उत्साहपूर्ण छैन । नेपाल भलिबल संघका अनुसार विश्व वरियतामा नेपाली भलिबल पहिलो पटक समावेश भएको हो ।
गत बर्ष नेपालको पुरुष टिमले एसियन गेम्स खेले लगत्तै एभीसीको वरियतामा नेपाल १५ औं स्थानमा पर्न सफल भएको थियो । तर एफआईभीबीले सार्वजनीक गरेको वरियतामा पुरुष टिम १ सय ३८ औं स्थानमा छ । एफआईभीबीले हरेक बर्ष भलिबलको विश्व वरियता निकाल्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया