क्यान इन्फोटेक मेलामा सर्वसाधारणको घुँइचो

काठमाडौं, १३ माघ । काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सूचना तथा संचार प्रविधिहरूको जानकारी दिन कम्प्युटर एसोसिएसन अफ नेपालले क्यान इन्फोटेक मेला आयोजना गरेको छ । मेलामा विभिन्न आइटी प्रविधिहरूको अवलोकन गर्न सकिने छ नेपालमा डिजिटल प्रविधिको कारोबार गर्दै आएका व्यवसायीहरु विभिन्न प्रविधिको प्रचार प्रसारमा व्यस्त छन् । प्रविधि व्यवसायीहरुको संगठन क्यानले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका नयाँ–नयाँ प्रविधिबारे जानकारी दिन क्यान इन्फोटेक मेला आयोजना गरेको हो क्यानले व्यावसायिक सम्भावना विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरेको बताएको छ । प्रदर्शनीमा सहभागीले सूचना तथा सञ्चार क्षेत्रमा भित्रिएका पछिल्ला प्रविधिको अवलोकन तथा खरिदको अवसर समेत पाउँने छन् नेपालले पछिल्लो समय प्रविधिमा राम्रो विकास गरिरहेको छ । प्रविधिको विकाससँगै सर्वसाधारणलाई एउटै ठाउँमा सम्पूर्ण इलेक्ट्रोनिक सामग्रीहरु तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी दिन क्यानले मेला अत्यधिक फलदायी हुने जनाएको छ ।मेलाहेर्न जाने सर्वसाधारण पनि आधुकि प्रविधिका विषयमा राम्रो जानकारी पाएको बताउँछन् । साथै विभिन्न सामान खरिदमा विशेष छुट पाइने मेला अवलोकन कर्ताले बताए मेला प्रत्येक वर्ष सञ्चालन भएको तर पुरानै शैली भएकाले मेलामा नयाँ विषय केहि नभएको पनि अवलोकनकर्ताले बताएका छन् । नेपालमै उत्पादन भएका उपकरणहरु प्रति आयोजकको ध्यान नगएको अवलोकन कर्ताले बताएका छन् क्यान मेलामा २ सय २२ स्टलहरू रहेका छन् । आयोजकले मेला अवधिभर चार लाख भन्दा बढिलो अवलोकन गर्ने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?