लिगको अन्तिम खेलमा आर्मी र मछिन्द्र भिड्ने (तालिकासहित)

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सार्वजनिक गरेको अन्तिम तीन चरणको खेल तालिका अनुसार आर्मी र मछिन्द्र भिड्ने भएका हुन् । लिगको अन्तिम खेलमा दशरथ रंगशालामा फागुन ३ गते हुनेछ । लिगमा अहिले आर्मी र मछिन्द्र शीर्ष दुई स्थानमा रहेका छन् ।

आर्मी २३ अंकसहित शीर्ष स्थानमा रहदा २२ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ । यस्तै एन्फाले लिगको एन्फाले ११ औं, १२ औं र १३ औं चरणको खेलहरु एन्फा कम्प्लेक्स र हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुने जनाएको छ ।

अब लिगको अन्तिम खेल मात्र रंगशालामा हुनेछ ।

यस्तो छ खेल तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?