आफैले हत्या गरेर हत्यारा खोज्न हिँडेका प्रहरी १९ वर्षपछि पक्राउ

काठमाडौं । भारतको उत्तराखण्डमा एक व्यक्तिको हत्या गरेर फरार भएका व्यक्ति प्रहरीदलकै सदस्य भएको खुलेको छ।
प्रहरीको सेवामा प्रवेश गरेको १९ वर्षपछि ती प्रहरी हत्यारा भएको अनुन्धानबाट पत्ता लागेको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था पीटीआईका अनुसार सन् १९९७ मा एक व्यक्तिको हत्यामा प्रहरी मुकेश कुमार संलग्न भएको खुलेको छ।

पन्तनगर पुलिस चौकीमा मुकेशविरुद्ध हत्या अभियोगको उजुरी दर्ता भएको थियो। त्यसयता प्रहरीले उनलाई खोजी गरेको थियो।

सन् २००१ मा मुकेश प्रहरी सेवामा भर्ती भएका थिए । उत्तराखण्ड प्रहरीले मुकेशको खोजी गरिरहँदा उनी पनि हत्यारा खोजीमा हिँडेको खबर भारतीय सञ्चारमाध्यामहमा उल्लेख छ ।

त्यो बेला मुकेशलाई कसैले पनि हत्यारा भन्ने थाहा पाएका थिएनन्। प्रहरी सेवामा प्रवेश गर्दा फारममा उनले आफ्नो ठेगाना नै गलत भरिदिएका थिए।

करिब २२ वर्ष पहिले गरेको हत्यामा अन्ततः मुकेशले सजाय पाउने पक्का भएको छ ।

मुकेशलाई चिन्ने व्यक्तिले एसएसपी अल्मोडालाई मुकेश हत्यारा हुन् भन्ने सूचना दिएपछि एसएसपी अल्मोडाकै नेतृत्वमा मुकेश पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा मुकेशले आफू हत्यारा भएको स्वीकार गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?