वाल्ट डिज्नीका १५ उर्जाशील भनाईहरु

काठमाडौं । वाल्टर इलिअस अर्थात् वाल्ट डिज्नीको जन्म ५ डिसेम्बर सन् १९०१ म भएको थियो भने उनको मृत्यु १५ डिसेम्बर सन् १९६६ मा भएको थियो ।

उनी हलिउड चलचित्र निर्माता,कार्टुनिस्ट र व्यवसायी थिए । उनी द वाल्ट डिज्नी कम्पनीको सह निर्माता समेत बनेका थिए ।

उनले बिसौँ शताब्दीमा मनोरञ्जनबाट संसारमा नयाँ छाप छोड्न सफल भएका थिए ।

वाल्ट डिज्नीका १५ उर्जाशील भनाईहरु

१. मुस्कान अनन्त छ ।

२. कल्पनाको कुनै हद हुँदैन ।

३. सपनाहरु सदावहार छन् ।

४. पहिले सोच, सोचलाई सपनामा बदल,सपना माथि विश्वास गर र सपना साकार पार्ने आँट गर ।

५. पहिला एउटा राम्रो सोचको जन्म गराउ र त्यसैमा अडिग रहु ।

६. अपेक्षित नतिजा जबसम्म पाउँदैनौ तबसम्म संघर्ष गर्न नछोड ।

७. कहिलेकाही हामी आफैलाई थाहा भएको हुँदैन तर दात वा लात पर्याे भने त्यो हाम्रो लागि संसारकै राम्रो कुरा हो ।

८. हामी अगाडि बढिरहन्छौँ,नयाँ संघार खोल्दै, नयाँ कार्य गर्दै किनकी हामी जिज्ञासु छौँ, जिज्ञासाले हामीलाई नयाँ मार्ग तिर अगाडि बढाइरहन्छ ।

९. यदि तिमी कुनै कुरामा विश्वास गर्दैछौ भनेभित्र देखि नै विश्वास गर ।

१०. असम्भव भएको कुरामा मिहेनत गर्नु एउटा आनन्दको कुरा हो ।

११. यदि तिमी सपना देख्न सक्दछौ भने तिमीले धेरै कुरा गर्न सक्दछौ ।

१२. हाम्रो सबैभन्दा महान प्राकृतिक श्रोत भनेको बालबच्चाहरुको सिर्जनात्मक मस्तिष्क हो ।

१३. तिमीले जति गर्याै आफ्नो तर्फबाट गर्न सक्ने गरेका छौ त्यसैले चिन्ता नलेउ ।

१४. हाम्रा सबै सपनाहरु साकार हुन्छन् तर त्यसलाई अनुसरण गर्ने हिम्मत राख्नु पर्दछ ।

१५. हामी जिज्ञासु हुनु भनेकै धेरै आकर्षक कुराहरु पउँनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?