काठमाडौं । चितवनमा गत पुसबाट रिक्त प्रहरी प्रमुखमा एसपी नान्तीराज गुरुङलाई पठाइएको छ । चितवनमा यसअघि एसपी गंगा पन्तलाई सरुवा गरीएको थियो ।
सरुवा भएकी पन्तलाई त्यहा जान रवाना दिइएको थिएन । उक्त ठाँउमा गरुङलाई सरुवा गरिएको स्रोतले बताएको छ । पन्तलाई पर्सा सरुवा गरिएको छ ।
चितवनबाट एसपी दानबहादुर मल्लको सरूवा भएको लामो समयदेखि यहाँ प्रहरी प्रधान कार्यालयले एसपी पठाउन सकेको थिएन।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वबडीगार्ड मल्लले सरूवा भएको १५ दिनसम्म चितवन छाडेका थिएनन्।
त्यस्तै प्रहरी प्रधान कार्यालयले केही अन्य जिल्लाका प्रहरी प्रमुखको पनि सरूवा गरेको छ। पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर काठमाडौं प्रहरी परिसरमा सरूवा गरिएको छ । बारामा एसपी कृष्ण पंगेनीलाई पठाइएकोे स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया