जन्मदिन मनाउँदै हुनुहुन्छ ? यस्तो छ शास्त्रीय मान्यता

काठमाडौं । हामी प्रत्येक वर्ष जन्मदिन मनाउँछौ । व्यवहार निर्णयमा भनिएको छ–बालक वा अरु सबैको जन्मदिनमा पहिलो वर्ष पुरा भएपछि वा जुन सुकै वर्ष पुरा हुँदा पनि नयाँ वस्त्र धारण गराउनुपर्दछ वा गर्नुपर्दछ । त्यसपछि अष्टचिरञ्जिवीको पूजा गर्नु –गराउनु पर्दछ । भक्तिपुर्वक मार्कण्डेय ऋषिको पूजन गर्नुपर्दछ । मार्कण्डेयका साथै दिर्घ आयु भएका व्यास, अश्वस्थामा, पर्शुराम, कृपाचार्य, वलि, हनुमान, प्रल्हादको पूजा गराउनु गर्नुपर्दछ । आफ्नो जन्म नक्षेत्र र प्रतिवर्ष आफ्नो जन्म तिथिमा उक्त चिरञ्जिवी र षष्ठी देवीको दही चामल चढाएर पूजा गर्नुपर्दछ ।

तिथितत्वमा अष्टचिरञ्जिवी र षष्ठीको नामबाट तिल हवन गर्नुपर्ने कुरा बताईएको छ । आदित्य पुराणमा लेखीएको छ– सबै मानिसले आफ्नो जम्म दिनमा मङगलजलले स्नान गरी गुरु, देवता, अग्नि, ब्राहणको पूजा गर्नुपर्दछ । आफ्नो नक्षत्र, माता–पिता र प्रजापतिको समेत पूजा गरी प्रतिवर्ष जन्मोत्सव मनाउनुपर्दछ ।

कृत्यचिन्तामणिमा भनिएको छ – जन्मोत्सव मनाउँदा सख्खर,तिल दान गर्नुपर्दछ । हातमा ग्रन्थिबन्धन गर्नुपर्दछ, नीम, पहेंलो सस्यूँ ,गोरोचन आदि वस्तु पवित्र वस्त्रमा पोको पारेर गाँठो पारि हातमा बाँध्नु पर्दछ । त्यसपछि भगवान गणेश र सूर्यको पूजा गर्नुपर्दछ । यसरी पूजा गरिसकेपछि मुनिहरुसँग प्राथना गर्दै भन्नुपर्दछ– हे मुनिजन जसरी तपाईँहरु चिरञ्जिवी हुनुभएको छ त्यसरी नै म पनि चिरञ्जिवी बनुँ म रुपवान, धनवान र ऐश्वर्यशाली बनुँ । सातकल्पसम्म जीवन धारण गर्नुहुने हे मार्कष्डेय मुनि ! आयु र आरोग्यको सिद्धिका लागी हाम्रा निमित्त वरदाता बन्नुहोस् । म मार्कष्डेयबाट वर प्राप्त गरेर आयुसिद्धिका लागि तिल र सख्खर मिसिएको दूध पिउँदैछु । यसरी प्राथना गरेर दूध पिउनु पर्दछ ।

तिथितत्वमा उद्धृत स्कन्दपुराणको वचन यस प्रकार रहेको छ – जन्मोत्सवको दिन कसैले पनि नङ एवम् रौं काट्न हुदैन, मैथुन गर्नु हुदैन, लामो दूरीको पैदल यात्रा गर्नुहुदैन, मासु खान हुँदैन, कसैसँग झगडा गर्नु हुँदैन र कुनै प्रकारको पनि हिंसा गर्नु हुँदैन ।

दीपिकामा भनिएका छ –जसको जन्मतिथि शनिबार वा मंगलबारको दिन परेको हुन्छ त्यो दिन उत्तमनक्षत्र र योग समेत नपरेमा पाइला–पाइलामा विध्न आउँछन् । उक्त पद्यामा प्रयुक्त कृतान्तकुजयो ः पदमा रहेको कृतान्तशब्दको अर्थ शनि हो । शनिको दोष मेटाउन सवौँषधि अर्थात दशथरी जडिबुटिको समुह जसमा कूट, तालिशपत्र, हलेदो, कपूर, जटामसी, पत्थरकुंकुम, श्रीखण्ड, बोझो, चाँपो र मोथे रहेका हुन्छन् तीद्धारा स्नान गर्नुपर्दछ र गुरु, देवता एवं अग्निको पूजा गर्नुपर्दछ ।

यसबारे वृद्धमनु भन्दछन्– मरणाशौच, जन्मसुतक, संक्रान्ति, श्राद्धको तिथि, जन्मतिथि वा जन्मदिनमा अस्पृश्यको स्पर्श गरिएको अवस्थामा तातो पानीले नुहाउँनु हुँदैन । जन्मोत्सव मनाउँदा उदयकालिन तिथि लिनुपर्दछ ।

ज्यो. दुर्गा भण्डारी

 

कसरी मनाउँदै हुनुहुन्छ बालबालिकाको जन्मदिन ? केही नयाँ गर्ने कि !

जन्मदिनमा बालबालिकालाई सिकाउनुस् : पैसाको महत्व, बचत र दान

काठमाडौं । मानव जीवन जीवहरु मध्येकै एक सुन्दर अवसर हो । यहि अवसरको रुपमा धर्तिमा पाइला राखिएको दिन नै जन्मदिन हो । त्यसैले जीवन पाएको विशेष दिनको रुपमा स्मरण गर्दै मानिसहरुले जन्मदिन मनाउने गर्दछन् । नयाँ जीवन पाएको दिनका रुपमा जन्मदिनमा मानिसले केहि नयाँ गर्ने संकल्प पक्कै प्रण गर्ने गर्दछ । साथै जीवनको पाइला नयाँ वर्षमा हिँडेको दिनलाइ एक उत्सवको रुपमा मानिसले जन्मदिन मनाउने गरेको पाइन्छ ।
तपाईले पनि जन्मदिन त मनाउनु भएको पक्कै होलारु नभएपनि परिवार, आफन्त, साथीभाई कोही न कोहीको जन्मदिनमा अवस्य उपस्थित हुनु भएको होला ।

खासगरि बृद्धबृद्धा तथा युवा भन्दापनि बालबालिकाको जन्मदिन चासोको विषय बन्ने गर्दछ । जन्मदिनको दिनमा आफ्ना साथीभाई घरमा बोलाउने केक काट्ने, बिभिन्न उपहारहरु दिने कुरा हिजो आज संस्कृती जस्तै बनिसकेको छ । नेपालीहरु हरेक तडकभडकको प्राय दोष पश्चिमाहरुलाई दिने गर्दछन् । त्यो मध्ये एक हो जन्मदिन । हो, बाहिरि संस्कृतीको प्रभाव तथा देखासेखीका कारण अन्य चाडपर्व जस्तै जन्मदिन पनि महंगो र भडकिलो बन्दै गएका छन् । धेरै मानिसहरुले आफ्ना छोराछोरीको जन्मदिन घर बाहिर होटेल तथा रेष्टुरेण्टमा महंगा पार्टी दिएर जन्मदिन मनाउने गरेका छन् । साथै मानिसहरुले पनि उपहारका रुपमा नगद तथा जिन्सी उपहारहरु दिने गर्दछन् । जन्मदिनमा दिइने पार्टि तथा नगद तथा जिन्सी उपहारका कारण पनि जन्मदिन अलि खर्चिलो बन्दै गएको छ ।

तर जन्मदिन मनाउदै हुँदैन भन्ने चाँहि होइन । यसलाइ फरक तरिकाले मनाउन सकिन्छ । जन्मदिनको उपहारको रुपमा परिवार वा आफन्तले दिएको नगदबाट व्यवसायमा लगानी गरि व्यवसायी बनेका प्रशस्त उदाहरणहरु पाइन्छ ।
जन्मदिनका लागि खासगरी बालबालिकाहरु बढि रमाउने गर्दछन् । यसरी बालबालिकाको जन्मदिन मनाउँदा दिइने उपहारमा हुने होडबाजीका कारण जन्मदिनलाइ केही फरक शैलीबाट मनाउनु पर्ने देखिन्छ । जस्तै जन्मदिनमा काटिने केक, बाडिने चक्लेट, मिठाइ तथा सजावटका लागि खरिद गरिने विविध चिज बस्तुहरुबाट खर्च कटौती गरि केहि नयाँ कामको थालनी गर्न सकिन्छ । जसले बालबालिकाको मनमा सामाजिक भावना पैदा गरोस वा त्यहि रकमबाट उनीहरुले पछिल्ला दिनहरुमा केही नयाँ कामहरु गर्न सकुन।
कसरी फरक बनाउन सकिन्छ त बालबालिकाको जन्मदिन ?
मन्दिर तथा आश्रममा दान गरेर
बालबालिकाको जन्मदिनमा मानिसहरु भेला भइ पार्टी गरेर मात्र होइन कुनै मन्दिर वा आश्रममा गइ खाना तथा खाजा खुवाएर पनि जन्मदिन मनाउन सकिन्छ । जसले गर्दा एकातिर बालबालिकामा सामाजिक भावना उत्पन्न हुन्छ भने अर्कोतिर गरिब दुखिहरुको सेवा हुन जान्छ । उनीहरुको लागि अभिभावकले दिने उत्कृष्ट संस्कार हो, यो । उनीहरुलाई सकारात्मक सोँचको विकास गर्नको लागि पनि यो भन्दा उत्कृष्ट अरु ठाउँ हुन सक्दैन ।

जन्मदिनमा खर्च गरिने पैसा बचत गरेर :
मनोरन्जनका नाममा गरिने हरेक खर्च गैर नाफामुलक हुन्छ । जन्मदिन मनाउने रकमबाट केही कटौती गरि बचत गर्न सकिन्छ । जसबाट पुँजी संकलन भइ भविष्यका लागि केही गर्नका लागि मद्धत पुग्दछ । भने बालबालिकामा बचत गर्ने बानीको समेत विकास हुन्छ । यसरी बालबालिकालाइ सानैबाट अनावश्यक खर्च कटौती गरि पूँजी संकलन गर्ने बानी बसाल्न सिकाएमा भविष्यमा नगद आवश्यक परेमा त्यसबाट पूर्ति गर्न सकिन्छ ।

इन्सुरेन्स गरिदिने :
बीमा भविष्यमा आइपर्ने जोखिम न्युनिकरणका लागि बर्तमानबाट गरिने तयारी हो । बालबालिकाको हरेक वर्ष जन्मदिनका अवसरमा खर्च गरिने अनुमानित रकम बराबरको बीमा गर्न सकिन्छ । हरेक वर्षको जन्मदिनमा बीमा कम्पनीसँग गरिएको सम्झौता अनुसारको रकम जम्मा गरिदिन सकिन्छ । हरेक वर्षको जन्मदिनमा जम्मा गरिएको थोरै थोरै रकमबाट भविष्यमा ठुलो मात्रामा रकम जम्मा हुन पुग्दछ । जसले बालबालिकाले भविष्यका लागि आइपर्ने आर्थिक समस्या समाधानका लागि लगाउन सक्दछन् ।

बचत गर्ने बानीको विकास गरिदिने : 
हरेक बालबालिकालाइ भविष्यमा कस्तो बनाउने भन्ने कुरा उसको परिवारको हातमा रहेको हुन्छ । यदि बा आमाले पैसालाइ सहि लगानी गरेको देखेका छन् भने उनीहरुमा पनि बचत गर्ने बानीको विकास हुन्छ । अभिभावकले उनीहरुलाई जन्मदिनमा अन्य जिन्सी सामान दिनुको सट्टा उपहारका रुपमा नगद दिइ त्यसलाइ कुनै क्षेत्रमा लगानी गरिदिएर त्यसलाइ भविष्यमा पुँजी निर्माणको माध्ययम बनाउन सकिन्छ ।

हरेक उपहार नगदको रुपमा दिने बानी बसाल्ने : 
जन्मदिनमा मात्र नभएर अन्य समयमा दिइने उपहार यदि नगद दिनु हुन्छ भने अन्य भन्दा उपयोगी बन्न सक्दछ । जस्तै तपाई हस्पिटलमा बिरामी भेटन जानुहुन्छ भने पक्कै फलफूल लगाएत केही न केही सामान लिएर जानुहुन्छ । यदि तपाइले फलफुल लिएर जाने रकम बराबर नगद बिरामीलाइ दिनुभएमा त्यो झन प्रभावकारी बन्न सक्दछ । तथा अन्य बिभिन्न अवसरमा दिइने जिन्सी उपहारहरु टुटफुट भइ नासिएर जान सक्छ तर नगद भएमा कुनै न कुनै प्रयोजनाका लागि खर्च गर्न सकिन्छ ।

बालबालिकालाइ आर्थिक किफायतीमा सधै सचेत गराउने : 
सानै देखी बालबालिकालाइ आर्थिक किफायती गर्नका लागि सचेत गराउनु पर्दछ । साथै स साना रकम जम्मा गर्ने बानी लगाउनुपर्दछ । बालबालिकामा स साना रकम जम्मा गर्ने बानी लगाउनाले उनीहरुमा पछि सम्म पनि त्यहि बानी पर्न गइ भविष्यमा व्यवसायीक बन्न मद्धत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?