धनुषा, १३ माघ । धनुषाको गणेशमान चारनाथ नागरपालिका ८ कमलापुल नजिकै गएराति साढे २ बजे टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ बा ९ च ३३१४ नम्बरको टाटासुमो धनुषाको गणेशमान चारनाथ नगरापलिका ८ कमलापुल नजिकै अनियन्त्रित भई दुर्घटना भएको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ मृत्यु हुनेमा संखुवासभा धर्मदेवि नगरपालिका–९ का २२ वर्षिय छत्र बहादुर जिमी, मोरङ विराटनगर महानगरपालिका ४ का ४५ वर्षिया सारदा रेग्मी, मोरङ लेटाङगका ४० वर्षिय खेम कुमार रानामगर, मोरङकै ३२ वर्षिय प्रह्लाद न्योपाने, खोटाङ निर्मलीडाडाका २७ वर्षिय ज्ञानबहादुर चौहान र पांचथर की ३१ वर्षिया प्रनिता राई रहेका छन् सुमोमा सवार अन्य ५ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया