माघ २२ गते बुधबारको राशिफल हेनुहोस्

काठमाडौं । आज मिति २०७६ साल माघ महिनाको २२ गते बुधबार । तदनुसार इस्वी संवत २०२० फेब्रुवरी ०५ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । हेमन्त ऋतु । ने।सं। ११४० पोहेलागा । माघ शुक्लपक्ष । तिथी– एकादशी,१७ बजेर ५९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मृगशिरा,२३ बजेर ०७ मिनेट उप्रान्त आद्रा । योग–वैधृति,२५ बजेर १५ मिनेट उप्रान्त विष्कुम्भ । करण– भद्रा,१७ बजेर ५९ मिनेट उप्रान्त बव,२९ बजेर ४८ मिनेट उप्रान्त बालव । आनन्दादिमा अमृत योग । चन्द्रराशि–वृश,१० बजेर ५५ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय ६ बजेर ५० मिनेटमा, सूर्यास्त १७ बजेर ४५ मिनेटमा । दिनमान २७ घडी १७ पला । भीमा एकादशी व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ः बिहानको समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैँतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट दाजुभाई तथा छिमेकीसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा विभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ः अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित भइनेछ । व्यापार व्यवसायबाट मनग्ये धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडिहरुका लागि समय उत्तम रहेको छ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्ये धन आर्जन गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ः बिहानको समयमा लामो दूरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय राम्रो रहेको छ । मध्यान्हबाट राजनीति तथा समाजसेवामा भनेजस्तो समर्थन पाइने हुनाले पद प्राप्तीको योग रहेको छ । खोजीमुलक क्षेत्रमा रुची बढ्ने तथा अध्ययनमा मन जानेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेको छ । व्यापारबाट मनग्ये धन आर्जन हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ः बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तापनि लामो दूरीको यात्राको प्रशस्त सम्भावना रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ः समय मध्यम रहेकोले व्यापारमा लगानी गरेपनि आम्दानी न्यून नै हुनेछ । आम्दानीका बाटाहरु साँघुरा हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दाजुभाइको सहयोग नपाउँदा कामहरु थाति रहनेछन् । प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ः बिहानको समय राम्रो रहेकोले धार्मिक तथा शैक्षिक यात्राको गतिलो सम्भावना रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँकै पक्षमा आउँनेछ । मध्यान्हबाट सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कमै हुँनेछ । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ः समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दूरीको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यवसायमा केहि मन्दि आएपनि दैनिकी प्रभावित हुनेछैन । बिहानको समय मध्यम रहेकोले आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) ः भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला, समय मध्यम रहेको छ । आफन्त तथा साथीभाइसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउँनेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ः समय मध्यम रहेकोले घर परिवारमा आन्तरिक कलह बढ्नेछ । प्रेममा रहेकाहरु टाढै बस्नु उचित हुनेछ । व्यवसायमा लगानी कर्ताहरुबीच मनमुटाव सिर्जना हुने योग रहेको छ । लामो दूरीको व्यवसायिक यात्रामा विलम्ब हुनेछ । सवारी साधन तथा अन्य हार्डवयेरसँग सम्बन्धित वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । सचेत नभए ऋण, रोग तथा शत्रुले सताउँनेछन् । काममा ढिला सुस्ति तथा अप्रिय समाचारले दैनिकी प्रभावित हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ः बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफूतिर नै ल्याउँन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यवसायबाट मनग्ये आम्दानी हुनेछ । प्रेममा रमाउँन चाहनेहरुको लागि समय उत्तम रहेको छ । मध्यान्हबाट समय मध्यम रहेकोले व्यापार व्यवसायमा मन्दि आउँने समय रहेको छ । अवसरवादीहरुको चंगुलमा परिनेछ, ध्यान दिनुहोला । न्यायालयबाट न्याय पाउँन कठिन रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ः पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरी कसिलो हुनेछ भने विभिन्न वस्तु तथा उपहार प्राप्त हुनेछ । व्यवसायकै सवालमा रमाइलो यात्रा गर्न सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउँनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रस्तुतिले सबैको मन आकर्शित गर्नेछ । बिहानको समय मध्यम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ः आफन्त तथा साथीभाइसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरुले नै फुत्काउँनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तर पनि अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?