१४ करोड कमाउँने पारस शाहले किन चोरेर खाए स्यान्डविच ?

काठमाडौं । महंगीको यो संसारमा सबैको आश राम्रो तलब पाइयोस् र घरको काम तथा परिवार राम्रोसँग पाल्न सकियोस् भन्ने हुन्छ ।

तर के तपाईले करोडौँ तलब खाने मानिसले चोरी गरेको कुरा सुन्नु भएको छ ? यदि छैन हामी तपाईहरुलाई त्यसबारे जानकारी दिन्छौँ ।

३१ वर्षका पारस शाहले वार्षिक १४ करोड ४ लाख रुपैयाँ तलब खान्छन् । लण्डनको एक फर्ममा उनी काम गर्दछन् । यो कम्पनी मिडिल ईस्ट, अफ्रिका र युरोपमा ट्रेडको काम गर्दछन् ।

तर अचम्मको कुरा त के छ भने, १४ करोड कमाउँने क्यान्टिनबाट पारसले स्यान्डविच चोरेर खाने गर्दछन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनी अफिसको क्यान्टिनबाट स्यान्डविच चोरेर खाने गर्दथे ।

उनले सिटी ग्रुपमा काम गर्दै आएका थिए । आखिर किन चोरेर खान्थे त उनी स्यान्डविच ? यो बारेमा पारसले कुनै प्रतिक्रिया दिएका छैनन् ।

पारसले १ वर्षमा १ मिलियन युरो कमाउँथे । साथै उनलाई अन्य बोनस पनि आउँने गर्दथ्यो । उनकी श्रीमती नर्थ लण्डनमा ज्वेलरी फर्म चलाउँथिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?