साम्बा चम्किदा गोकुलमको जित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी सम्मेलित गोकुलम केरेलाले भारतमा जारी हिरो महिला लिग फुटबलमा फराकिलो जित हात पारेको छ ।

बैंगलोरमा मंगलबार भएको खेलमा गोकुलमले बैंगलोर युनाइटेड एफसीलाई ५-१ ले पराजित गरेको छ ।

गोकुलमको जितमा कमला देवीले ह्याट्रिक गरिन् । सावित्राले एक गोल गर्दा गोकुलमले एक आत्मघाती गोलको उपहार पाएको थियो ।बैंगलोरविरुद्ध एक गोलसँगै सावित्राले लिगमा ४ खेलमा १२ गोल गर्न सफल भएकी छिन् ।

जितसँगै गोकुलम सेमिफाइनलमा प्रवेश गरेको छ । गोकुलमले ४ खेलमा १४ अंक जोड्दै गोकुलम समूह बी को शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?