काठमाडौं । प्रवर्तन निर्देशालय (ईडी) ले चर्चित बलिउड अभिनेता शाहरुख खानसँग सम्बन्धित कम्पनीबाट ७० करोडभन्दा धेरै सम्पत्ति जफत गरेको छ।
नाइट राइडर्स स्पोर्टस प्राइवेट (केकेआर) सँग जोडिएको रोज भ्याली पोन्जी योजनामा ईडीले ७० करोड भारतीय रुपैयाँको सम्पत्ति जफत गरेको भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् ।
ईडीको आदेशपछि पश्चिम बंगाल प्रहरीले शाहरुखको नाइट राइडर्स स्पोर्टस प्राइवेट लिमिटेडसँग सम्बन्धित रोज भ्याली समूहविरुद्ध सार्वजनिक एफआईआर दर्ता गरेको छ।
आरोपपत्रमा, प्रहरीले रोज भ्याली समूहको कम्पनीहरूले अवैध रूपमा ठगी गरेर उच्च रकम फिर्ताको आश्वासन दिएर जनतालाई ठग्दै आएको उल्लेख गरिएको छ ।
निर्देशालयले रोज भ्याली घोटाला सारदा पोन्जी घोटालाभन्दा ठूलो घोटाला भएको दाबी गरेको छ । रोजभ्याली चिट कोष घोटालामा, रोज भ्याली समूहले जनतालाई स्किममा लोभ्याएर १७ हजार ५ सय २० करोड रुपैयाँ ठगेको थियो। तर १० हजार ८ सय ५० करोड मात्र फिर्ता भएको बताइएको छ। बाँकीको ६ हजार ६ सय ७० करोडको भने आजसम्म केहि अत्तोपत्तो छैन।
२०१४ मा, ईडीले नाइट राइडर्स स्पोर्टस प्राइवेट लिमिटेड र यसका अध्यक्ष गौतम कुन्डु लगायतबिरुद्ध मुद्दा दर्ता गरेपछि उनीहरु २०१५ मा पक्राउ परेका थिए। कुन्डुलाई पक्राउ गरिसकेपछि शाहरुख खानलाई आईपीएलमा फेमा उल्लंघनको बारेमा पनि प्रश्न सोधिएको थियो।
भारतीय सञ्चारमाध्याले बताए अनुसार शाहरुखले थोरै रकममा नाइट राइडर्स स्पोर्टस प्राइवेट लिमिटेड को शेयर बेचेको विश्वास गरिएको छ ।
नाइट राइडर्स स्पोर्टस प्राइवेट लिमिटेड अन्तर्गत कोलकत्ता नाइट राइडर्स इन्डियन प्रीमियर लीग (आईपीएल) को क्रिकेट टीम पर्छ । यसका निर्देशकहरुमा अभिनेता शाहरुख खान, गौरी खान र जय मेहता रहेका छन्।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया