मादक पदार्थ पिएका ड्राइभरले बिना टायरको कार चलाएपछि…

काठमाडौं । मादक पदार्थको सेवन गरेपछि मानिसहरुको व्यवहार नै फेरिन्छ । अत्याधिक मादक पदार्थको सेवन पछि मानिसहरुले देखाउँने व्यवहार नै फरक हुन्छ ।

मादक पदार्थ पिएपछि एउटा आन्द्रामा जान्छ र आन्द्राको रक्तसञ्चारको माध्यामबाट कलेजोसम्म पुग्छ । त्यसपछि मानिसहरु बेहोसी हुन्छन् ।

त्यसपछिको व्यवहार अनौठो खालको हुने गर्दछ । ब्रिटेनका एक व्यक्तिले मादक पदार्थको सेवन गरेर टायर बिनाको गाडी चलाउँन पुगेका छन् ।

उक्त गाडीको फोटो शेयर गर्दै पुलिसले ट्विटर अकाउण्टमा ड्राइभरले गाडीको पनि बिमा नगराएको र लाइसेन्स पनि नभएको कुरा उलेख गरेको छ ।

पुलिसले शेयर गरेको फोटोमा हामीले गाडीको अगाडिको टायर नै नभएको सजिलै देख्न सक्दछौँ ।

यो भन्दा पहिले पनि ब्रिटेनमा यस्तै एउटा घटना सार्वजनिक भएको थियो । गएको वर्ष जुलाईमा ब्रिटेनको नर्थ वेस्ट मोटर वे पुलिसले यस्तै एक ड्राइभरलाई गिरफ्तार गरेका थिए ।

ब्रिटेनमा मादक पदार्थ पिएर सवारी चलाउँनेलाई ६ महिनाको जेल सजाय हुने नियम रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?