कञ्चनपुर र अछाममा कुष्ठ रोगको जोखिम बढ्यो

धनगढी १२ माघ – कैलाली ७ नम्बर प्रदेशकै कुष्ठ रोगको जोखिम उच्च जिल्लाका रुपमा रहेको एक तथ्याङ्कले देखाएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार कञ्चनपुर र अछाममा पनि कुष्ठ रोगको जोखिम बढी देखिएपनि संख्यात्मक हिसाबले कैलाली त्यसको उच्च जोखिममा रहेको हो जिल्लामा ७ वटा गाउँ तथा नगरपालिका कुष्ठ रोगको बढी जोखिममा रहेको पाइएको छ । भौगोलिक दृष्टिकोण र जनसख्याको आधारमा ७ नम्बर प्रदेशकै ठूलो जिल्ला कैलालीमा कुष्ठ रोगको जोखिम उच्च रहेको पाइएको हो क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ७ नम्बर प्रदेशका कैलाली, कञ्चनपुर र अछाम कुष्ठ रोगको बढी जोखिम भएको जिल्लाका रुपमा रहेका छन् । तर कञ्चनपुर र अछामको तुलनामा कैलालीमा त्यसको अनुपात बढी देखिएको छ क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका कुष्ठ रोग सुपरभाइजर मनोज ओझाका अनुसार आर्थिक वर्ष २०७१/७२ मा १ सय २८ जना कुष्ठ रोगी फेला परेको कैलालीमा, आर्थिक वर्ष २०७२/७३ मा ९८, २०७३/७४ मा १ सय २३ र चालु आर्थिक वर्षको हालसम्म पनि कैलालीमा ८४ जना कुष्ठ रोगी उपचारमा रहेको बताउनुभयो जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार जिल्लाका १३ स्थानीय तहमध्ये ७ वटा स्थानीय तह बढी जोखिम रहेका छन् । जसमा धनगढी उपमहानगरपालिका, लम्कीचुहा, गौरीगंगा र भजनी नगरपालिका, तथा जोशीपुर र जानकी गाउ“पालिका रहेको जनस्वास्थ्य कार्यालयका क्षय कुष्ठ रोग सुपरभाइजर दिपेन्द्र जोशीले बताउनुभयो कैलालीपछि कञ्चनपुर र अछाममा कुष्ठ रोगको जोखिममा छ । अन्य पहाडी जिल्लामा कुष्ठ रोगको संक्रमण देखिएपनि उच्च जोखिम भने नरहेको जनाइएको छ जनसंख्याको चाप, उष्ण प्रादेशिक क्षेत्रमा हुने रोग भएकाले पहाडी जिल्लाको भन्दा कैलाली र कञ्चनपुरमा कुष्ठ रोगी बढी रहेको कुष्ठ रोग विशेषज्ञ डा. केपी ढकालले जानकारी दिनुभयो माइकोव्याक्टेरियम लेप्रे नामक जिवाणुबाट हुने कुष्ठ रोगको समयमै उपचार गराएमा निको हुने चिकित्सकले बताएका छन् । ७ नम्बर प्रदेशमा पनि कुष्ठ रोग लागेका धेरै व्यक्तिहरु उपचारपछि निको भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । कुष्ठ रोगको औषधी सरकारले निःशुल्क रुपमा उपलब्ध गराउउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?