काठमाडौं । मोरङ प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित कटिहारका ६२ वर्षीय चन्दन भौमिक रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार अवैध रूपमा भन्सार छलि नेपालबाट भारततर्फ लाँदै गरेको ९२.५२० ग्रामको २ वटा सुनको चुरा सहित विराटनगर–१७, रानी भन्सार गेटबाट उनलाईपक्राउ गरिएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मान बहादुर राईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया