९९ वटा मोवाईलले ट्राफिक जाम गराएपछि, तर्सियो गुगल !

काठामाडौं । एक समय यस्तो पनि थियो जब हामीलाई केहि कुराको ज्ञान भएन भने शिक्षकसँग सोध्न जान्थ्यौँ । तर अहिले समय फेरिएको छ ।

अहिले हामी गुगलमा सर्च गरेर हरेक कुराहरुको बारेमा जान्न र बुझ्न सक्दछौँ । अहिले त हामी सजिलैसँग गुगल म्यापको प्रयोगबाट कताको बाटोमा जाम छ वा छैन भन्ने बारेमा पनि ज्ञान लिन सक्दछौँ ।

अझ विदेशमा त गुगल म्यापको सहायताबाट ट्राफिक कुन ठाउँमा कस्तो छ भन्ने बारेमा जानकारी लिन सक्छौँ । तर एक व्यक्तिले गुगल म्याप नै ह्याक गरेर ट्राफिक जाम गराईदिएका छन् ।

सिमोन विकेर्ट नाम गरेका ति व्यक्तिले गुगललाई नै चक्मा दिएका हुन् । त्यो क्रममा विकेर्टले ९९ वटा मोवाइल फोन आफ्नो कोर्टमा बोकेर बर्लिनको सडकमा घुम्न थाले ।

९९ वटा मोवाइल एकै ठाउँमा भएपछि गुगल म्यापका प्रयोग कर्ताहरु त्यो बाटोमा जाम छ भनेर त्यो बाटो नै प्रयोग गर्न छोडे । तर त्यो बाटो सबै खालि थियो ।

साथै त्यो रुटमा कोहि पनि ट्राफिक पनि थिएनन् । त्यहाँ मात्रै मोवाइल फोनहरु थिए । यो घटनाले सबै हैरान भए । गुगल म्याप ह्याकको भिडियो उनले युट्युबमा पनि राखेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?