भेटियो संसारकै सबैभन्दा लामो सुरुङ्ग !

काठमाडौं । संसारका धेरै ठाउँमा सुरुङ्गहरु छन् । तर अमेरिकामा भेटिएको यो सुरुङ्ग वैज्ञानिकहरुले अहिलेसम्मकै सबैभन्दा लामो सुरुङ्ग भएको बताएका छन् ।

यो सुरुङ्ग लगभग ४ हजार ३ सय ९ फिट लामो र २ फिट चौडाईको छ । यो सुरुङ्ग जमिनबाट लगभग ७० फिट तल बनाईएको छ ।

यो सुरुङ्ग अमेरिका सैन्य अधिकारीहरुले फेला पारेका थिए । यो सुरुङ्गको प्रयोग ड्रग्स तस्करी गर्नको लागि प्रयोग भएको सैनिकहरुले बताएका छन् ।

अनुसन्धानका अनुसार सुरुङ्ग अमेरिकाका सैन्य अधिकारीहरुले सन् २०१९ को अगस्टमा फेला पारेका थिए । तर अहिले सम्म पनि वैज्ञानिकहरुले यसको बारेमा अनुसन्धान गरिरहेका छन् ।

यो सुरुङ्ग अमेरिकाको क्यालिफोर्नियामा स्यान डिएगो र मेक्सिकोको तिजुआना शहरमा पर्दछ । यो सुरुङ्ग सैनिक अधिकारीहरुले फेला पारेको ६ महिना पछि मात्र सार्वजनिक गरेका थिए ।

अमेरिकी कस्टम र सीमा सुरक्षाका अधिकारीहरुले यो सुरुङ्गको प्रयोग गरेरर ड्रग्सको तस्करी गर्ने गरेको पाइएको बताएका छन् ।

कुख्यात ड्रग्स स्मगलर जो आक्विन एल चापो गुजम्यानले बनाएको आशंका गरेका छन् ।उनी यो समयमा अमेरिकाको जेलमा आजिवन जेलको सजाय भोगिरहेका छन् ।

यो सुरुङ्ग भित्र रेल्वै ट्रयाक,ड्रिनेज सिस्टम,हावा आउँने जाने सिस्टम र हाई भोल्टेज बिजुलीको तार हरु रहेको सैन्य अधिकारीले बताएका छन् । तर यो सुरुङ्ग कहिले र कति समय लगाएर बनाईएको थियो भन्ने बारे अहिलेसम्म केहि कुरा पत्ता लागेको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?