काठमाडौं । बंगलादेशमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपालले प्रारम्भिक टिमको घोषणा गरेको छ ।
नेपाल भलिबल संघले च्याम्पियनसिपका लागि १८ सदस्सीय प्रारम्भिक टिमको घोषणा गरेको हो । संघले घोषणा गरेको टिममा १३ औं दक्षिण एसियाली खेलकुदको टिममा रहेका १३ खेलाडी रहेका छन् । त्यसबाहेक पाँच खेलाडी साग टिम बाहिर रहेका खेलाडी छन् ।
प्रारम्भिक टिम :
ईम राना (कप्तान)
राजेन्द्र विष्ट
धनबहादुर भट्ट क्षेत्री
हरी हजुर थापा
टेकराज अवस्थी
हरी अधिकारी
दुर्गा खड्का
द्वारिका थापा
ईश्वर थापा मगर
विनोद चन्द
विशाल विक
शरण सम्री क्षेत्री
कुलबहादुर थापा
राजु शेरचन
दुर्गा महतो
दिपक राज
दिपक राज जोशी
नरेन्द्र गिरि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया