अहिलेसम्मकै महंगा सम्बन्ध बिच्छेद !

काठमाडौं । विवाह एउटा पवित्र बन्धन हो । फरक फरक धर्मवलम्बीहरुले आ-आफ्नो परम्परा अनुसार विवाह गर्ने गर्दछन् । तर सबै विवाह लामो समयसम्म टिक्दैनन् र सम्बन्ध बिच्छेद हुन्छन् ।

ठूला व्यक्तित्वहरुको सम्बन्ध बिच्छेद हुँदा चर्चा पनि त्यत्तिकै हुन्छ । अहिले विश्वमा दैनिकजसो धेरै सम्बन्ध बिच्छेद हुने गरेका छन् । तर के तपाईलाई अहिलेसम्ममा संसारकै सबैभन्दा महंगो सम्बन्ध बिच्छेद कुन हो थाहा छ ? यदि थाहा छैन भने हामी तपाईलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।

संसारकै सबैभन्दा धनि व्यक्ति जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जी बेजोसका बीचमा पनि सम्बन्ध बिच्छेद भएको थियो । यो सम्बन्ध बिच्छेद गर्नका लागि ६८ अरब डलर खर्च भएको थियो ।

यो सम्बन्ध बिच्छेद अहिलेसम्मकै सबैभन्दा महंगो सम्बन्ध बिच्छेद मान्ने गरिन्छ । त्यति मात्र होइन,यो सम्बन्ध बिच्छेद भएपछि म्याकेन्जी संसारकै सबैभन्दा धनि महिलाहरुको सूचीमा परेकी थिइन् ।

केहि विवाहहरु वर्षौसम्म चल्दछन् र पछि सम्बन्ध बिच्छेद हुन्छन् । यस्ते घटना सन् १९९९ मा फ्रेन्च तथा अमेरिकाका ब्यापारी र आर्ट डीलर एलेक विल्डेनस्टाइनकोबीचमा भएको थियो ।

विवाह भएको २१ वर्षपछि उनीहरुको सम्बन्ध बिच्छेद २ अर्ब ५ करोड डलर खर्च भएको थियो । साथै घटना सुल्झाउँनका लागि १३ वर्षसम्म १६ करोड खर्च भएको थियो ।

मिडिया गुगलको नामबाट संसारमा चर्चित बनेका रुपर्ट मर्डाेकको विवाह भएको ३१ वर्षपछि सम्बन्ध बिच्छेद भएको थियो ।

सन् १९९९ मा रुपर्ट मर्डाेक र एना टार्वकाबीचमा सम्बन्ध बिच्छेद भएको थियो । यो सम्बन्ध बिच्छेद गर्न १ अर्ब ७ करोड डलर खर्च भएको थियो ।

त्यस्तै बर्नी एक्लेस्टोन ब्रिटेनका सबैभन्दा धनि मानिसहरु मध्येका एक हुन् । तर उनले आफ्नी श्रीमती स्लैविकासँग सम्बन्ध बिच्छेद गर्दा १ सय २० करोड डलर खर्च भएको थियो ।

त्यति मात्रै होइन क्यासिनो जगतका बादशाह मानिने स्टीव विन र एलेन विनको सन् २०१० मा सम्बन्ध बिच्छेद भएको थियो । एलेनले यो सम्बन्ध बिच्छेद गर्दा ७४ करोड डलर खर्च गर्नुपरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?