सहकारी संस्थाद्वारा बस सेवा सञ्चालन

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीमा क्रियाशील लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बस सेवा सञ्चालनमा ल्याएको छ ।

सहकारी ऐन २०७४ को व्यवस्थाअनुसार बस सेवा शुरु गरिएको सो सहकारीले जनाएको छ । संस्थाको शेयर सदस्यलाई लक्षित गरी ३२ सिट क्षमताको बस सेवा सञ्चालन ल्याइएको संस्थाका अध्यक्ष कृष्ण छन्त्यालले जानकारी दिए । “बहुउद्देश्यीय सहकारीले नयाँ कार्यको थालनी गरेका हौँ”,उनले भने, “आफ्ना शेयर सदस्यले अन्यत्रका जिप तथा बसमा खर्च गर्ने रकम संस्थाले प्रदान गर्ने बस सेवा लिँदा दुवैलाई फाइदा हुने छ ।”

बागलुङ बजारदेखि बिहु“ सुल्डाँडा हुु“दै लेखानीसम्म सेवा प्रदान गर्न थालेको छ । सो स्थानसम्म सदस्यलाई ११० र अन्य यात्रुलाई १४० भाडा लिइने सहकारीका अध्यक्ष छन्त्यालले जानकारी दिए । लालिगुरा“स बहुउदेश्यीय सहकारीमा लेखानीका एक हजार १०० शेयर सदस्य र एक करोड ५८ लाख शेयरपूँजी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?