६६ औं भन्सार दिवस भव्यताका साथ सम्पन्न

एसपी यादव/ काठमाडौ माघ ९ गते – सर्लाही भन्सार कार्यालयले शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवस विविध कार्यक्रम गर्दै मनाएको छ । हरेक वर्ष जनवरी २६ तारिखलाई अन्तर्राष्ट्रिय भन्सार दिवसका रुपमा मनाउने गरिन्छ विश्व भन्सार संगठनले यस दिनलाई भन्सार दिवसका रुपमा मनाउने निर्णय गरेको हो । यस वर्ष संसारभरिका देश अनि सरकारले ६६ औं भन्सार दिवस मनाएका छन् शुक्रवार सर्लाही भन्सार कार्यालयले “आर्थिक बिकासका लागि सुरक्षित व्यवसायिक वातावरण” भन्ने मुल नाराका साथ नागरिक उत्प्रेरणात्मक र जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाएको हो । भन्सार छलेर कुनै पनि सामान या सेवाको आपूर्ति गर्नु कानूनतः ठूलो अपराध हो । तसर्थ वस्तु तथा सेवाको कानूनतः आपूर्ति गर्नकालागि भन्सार अनिवार्य बुझाउनु पर्ने सर्लाही भन्सार कार्यालय प्रमुख जगदीश पुर्वेले बताए भन्सार छली गरि संस्थागत रुपमा हुने चोरी निकासीलाई रोक्नका लागि हामी लागि परेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले बताए खुल्ला सिमाना भएको कारणले केही मात्रामा हुने चोरी निकासीलाई नियन्त्रण गर्न नसकिने सर्लाही प्रहरी प्रमुख एसपी मसउद आलम खाँले जानकारी गराए कार्यक्रममा उधोग बाणिज्य संघ मलङ्ग्वाका अध्यक्ष हरी शंकर प्रसाद साहले ब्यापारी र भन्सार कार्यालय बिच नङ र मासुको सम्बन्ध भएकोले समन्वयका साथ सरल र सहज तरिकाबाट सामानहरु यस नाकाबाट आयात हुनुपर्नेमा जोड दिए कार्यक्रममा ब्यापारी सुगन्ध गुप्ताले यस नाकालाई थर्ड कन्ट्रीको नाका बनाउनका लागि सबै जना एकजुट भएर लाग्नु पर्ने सुझाए भन्सार दिवसको अवसरमा सर्लाही भन्सार कार्यालयले ४ जना भन्सार एजेन्टहरुलाई सम्मान समेत गरिएको थियो हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरि त्यो उद्देश्य प्राप्ति भए नभएको अनि त्यसका अन्य कठिनाई र अभ्यासहरुको विषयमा छलफल गर्दछ भन्सार कार्यालय प्रमुख जगदीश पुर्वेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख निरसल साह, नगर उपप्रमुख शान्ति मिकरानी, एसपी त्रय मसउद आलम खाँ, रबिन्द्र ठाकुर र लिलाधर पौडेल, नेपाली सेनाका तप्त बहादुर कार्कि, उधोग बाणिज्य संघ मलङ्ग्वाका अध्यक्ष हरी शंकर प्रसाद साह, उपाध्यक्ष बिरेन्द्र साह, ब्यापारी सुगन्ध गुप्ता, नेपाल कानुन आयोगका पुर्व अध्यक्ष उमेश चन्द्र झा र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?