ओलीको पोल्टामा ‘एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड’

काठमाडौं । खेल पत्रकार प्रज्जवल ओलीले एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड हात पारेका छन् ।

विश्वभरका खेल पत्रकारहरुको साझा संस्था एआईपीएसले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्डको वेस्ट कोलम राईटिङ तर्फ ओलीको समाचार विश्वको उत्कृष्ट बन्न सफल भएको हो ।

हङ्गेगीको बुडापेस्टमा सोमबार राति एक भब्य कार्यक्रमका बीच ओलीलाई विजेता घोषणा गरिएको छ । उनले स्पेन र अर्जेन्टिनाको खेल पत्रकारको समाचारलाई पछाडी पार्दै नेपालका तर्फबाट सो अवार्ड प्राप्त गरेका हुन् । अवार्डसंगै ओलीले ८ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

नेपालको तर्फबाट एनआईपीएसमा अवार्ड जित्ने ओली पहिलो पत्रकार बनेका छन् । झण्डै डेढ दशकदेखि उनी खेलकुद पत्रकारितामा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?