NULL

काठमाडौं, १२ माघ – लामो समयदेखि कुरामा मात्र सीमित रहेको बक्स अफिस (इ–टिकेटिङ) अब लागू हुने भएको छ । डेढ महिनाअघि मात्रै अध्यक्षविहीन बनेको विकास बोर्डमा निकिता पौडेल अध्यक्ष भएकी थिइन् । उनको नेतृत्वसँगै केही फिल्मकर्मीले विरोधसमेत जनाएका थिए अध्यक्ष भएको डेढ महिनामै पहिलो कामस्वरुप बक्स अफिस लागू हुुने भएको हो । अध्यक्ष पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘०७५ साउन १ गतेदेखि काठमाडौं उपत्यकामा रहेका चलचित्र घरहरुमा पूर्ण रुपमा र ०७५ माघ १ गतेसम्म सम्पूर्ण चलचित्र घरहरुमा बक्स अफिस लागू गर्ने गरी निर्णय भएको छ ।’बक्स अफिस कार्यान्वयन गर्नका लागि बक्स अफिस कार्यान्वयन समिति गठन गरिएको छ । उक्त समितिको संयोजकमा नरेन्द्र महर्जन छन् भने चलचित्र संघका अध्यक्ष प्रदीप उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारी त्यस्तै बोर्डका सदस्य सचिव प्रभाकर भट्टराई र प्राविधिक कपिल पराजुली पनि समितिमा छन् विकास बोर्डले जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं उपत्यकाका भित्र आगामी वर्षको साउन १ गतेसम्म अनिवार्य रुपमा बक्स अफिस लागू गरिनेछ भने उपत्यका बाहिरका हलमा भने माघ १ गतेसम्ममा लागू गरिनेछ साथै विकास बोर्डले सबै हलवालालाई चैत मसान्तसम्म सबै हलमा बक्स अफिसका लागि प्रयोग हुने हार्डवयर र इन्टरनेट राखिसक्नुपर्ने पनि जनाएको छ नियुक्तिका बेलामा विवादमा आएपनि अध्यक्ष निकिता पौडेलको यो कदमलाई सह्रानीय कदमका रुपमा लिँदै टिप्पणी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?