एक सेकेण्डमा के-के हुन्छ ? रोचक कुरा !

काठमाडौं । हामीले एक सेकेण्डको समयलाई त्यति वास्ता गर्दैनौँ । सेकेण्डलाई हामी सामान्य रुपमा लिने गर्दछौँ । तर विश्वमा एक सेकेण्डमा के कस्तो घटना हुन्छ र एक सेकेण्डको महत्व के छ ? भन्नेबारे आज हामी तपाईलाई जानकारी दिनेछौँ ।

१. एक अभ्ययनाका अनुसार एक सेकेण्डमा अन्तरिक्षमा ३० सुपरनोभा बिस्फोट हुन्छन् ।

२. हरेक एक सेकेण्डमा दुई व्यक्तिको मृत्यु हुन्छ ।

३. एक सेकेण्डमा १४ सय व्यक्तिले यौनसम्पर्क गरिराखेका हुन्छन् ।

४. एक सेकेण्डमा पृथ्वीमा ४ बच्चाहरुले जन्म लिन्छन् ।

५. एक सेकेण्डमा दुई सय किलो फोहोर समुन्द्रमा बगाइन्छ ।

६. संसारमा एक सेकेण्ड भित्र ९ सय २६ रुख काटिन्छन् ।

७. एक सेकेण्डमा हाम्रो शरीरका ९ सय २६ कोशिका मर्दछन् ।

८. एक सेकेण्डमा ३ जना व्यक्तिको विवाह हुन्छ ।

९. पृथ्वी एक सेकेण्डमा अन्तरिक्षमा ३० किलोमिटर टाढा सर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?