माघ २१ गते मंगलबारको राशिफल हेर्नुहोस्

काठमाडौं । आज मिति २०७६ साल माघ महिनाको २१ गते मंगलबार । इस्वी संवत २०२० फेब्रुवरी ०४ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । हेमन्त ऋतु । नेपाल संवत ११४० पोहेलागा । माघ शुक्लपक्ष । तिथी– दशमी,१७ बजेर ५७ मिनेट उप्रान्त एकादशी । नक्षत्र–रोहिणी,२२ बजेर ३६ मिनेट उप्रान्त मृगशिरा । योग– ऐन्द्र,२६ बजेर ३४ मिनेट उप्रान्त वैधृति । करण– गर,१७ बजेर ५७ मिनेट उप्रान्त वणिज,३० बजेर ०२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मातंग योग । चन्द्रराशि–वृश । काठमाडौंमा सूर्योदय ६ बजेर ५१ मिनेटमा, सूर्यास्त १७ बजेर ४५ मिनेटमा । दिनमान २७ घडी १३ पला । शल्य दशमी। बैतडी गुजरमा बनारसी पूजा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ः धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापारमा लगानी बढाई मनग्ये धन आर्जन गर्न सकिनेछ । सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाईनेछ । ज्ञान कला तथा साहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाईलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउँन चाहानेहरुका लागि समय उत्तम रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ः नयाँ तथा रचानात्मक काम गरी आर्थिक अवस्था सुदृड पार्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने पुराना कामहरु सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिनेहरुका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुसि हुनेछन् । प्रमेमा रमाउँन चाहनेहरुका लागी समय उत्कृष्ट रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ः व्यापारमा मन्दि आउँने तथा उधारो लानेहरुको संख्या बढ्नेछ । स्वदेशी सामानको व्यापारमा कमि आएपनि विदेशमा उत्पादन भएका सामानको व्यापार बढ्नेछ । पढाइ लेखाइमा मन जानेछैन भने नतिजा अरुतिरै जानेछ । प्रेममा धोका तथा अविश्वास बढ्ने योग रहेको छ । काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ । स्वास्थ्यको ख्याल गर्नुहोला, खर्च बढ्न सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ः सानो लगानीबाट मनग्ये धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाइनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पत्तिको प्रयोग गरी आए आम्दानी बढाउँन सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरी कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ः कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला, आलोचना गर्नेहरु सक्रिय हुनेछन् । अनावश्यक साईनो गाँस्ने तथा बचन दिनेहरुबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण अवसरबाट बञ्चित हुनु पर्नेछ । राजनीतिकर्मिहरुका लागी समय मध्यम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ । आमा बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ः भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । खोजिमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरी कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ः आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) ः साथ दिने तथा सहयोग गर्नेहरुले हात झिक्नाले चिताएको काम विलम्ब गरी सम्पादन हुनेछ । सामान्य काममा श्रम तथा समय खर्च हुनेछ भने अरुको काममा समय खर्च हुनेछ । विलाशी वस्तु तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजानाले अरुभन्दा पछि परिनेछ । जीवन साथीको सहयोग नपाईनाले व्यापार व्यवसायमा भनजस्तो आम्दानी हुनेछैन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ः कार्यक्षेत्रमा सजक हुनुहोला, आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्दा कमजोर भएको महशुस हुनेछ । विद्या तथा प्रतिस्पर्धामा अरुनै हावि हुनेछन् । माया प्रेममा नजिक हुन केहि समय लाग्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ, ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ः वौद्धिक व्यक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अघि बढी नतिजा आफैँतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा नाफा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ः आफन्तहरु टाढिने तथा पति पत्निबीच सामान्य मनमुटावको सिर्जना हुँनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यवसायमा नाफा कमाउँन निकै नै समय खर्चनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाउँनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ः आफन्त तथा छिमेकीसँग विवाद हुने योग रहेको छ । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला समय मध्यम रहेको छ । यात्रा गर्दा ध्यान दिनुहोला, यात्रा कष्टकर नहोला भन्न सकिन्न । लेखन तथा साहित्य जस्ता क्षेत्रका कामहरु थाति रहनेछन् । तर पनि खेलकुद तथा पराक्रमी क्रियाकलापहरु सामेल भई आफ्नो उत्कृष्ट प्रर्दशन देखाउँने अवसर जुर्नेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?