मनाङको पहिलो हारमा च्यासल विजयी

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो हार व्यहोरेको छ ।

सातदोबाटोमा सोमबार च्यासल युथ क्लबसँग २-० गोल अन्तरले पराजित हुँदै मनाङले लिगमा पहिलो हार व्यहोरेको हो । एन्फा कम्प्लेक्समा च्यासललाई जित दिलाउन ताइगा नाकामुरा र सन्तोष साहुखलले एक एक गोल गरे ।

च्यासलसँगको हारसँगै मनाङको उपाधि यात्रामा धक्का लागेको छ । यस्तै लिगमा मनाङको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।च्यासलले भने लिगमा तेस्रो जित निकालेको छ । च्यासलले १० खेलमा १२ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?