काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय स्की च्याम्पियनसिप अन्तर्गतको अल्पाइन स्कीको सिनियर पुरुषतर्फ साहस राम श्रेष्ठ र महिलातर्फको उपाधि गौरी माया तामाङले हात पारेका छन् ।
मुस्ताङको मुक्तिनाथमा सोमबार शुकदेब थापालाई पछि साहसले पुरुषतर्फको उपाधि जितेका हुन् । प्रागुण महर्जन तेस्रो भए ।
पुरुषतर्फ पुन्दारी के पाण्डे, दिनेश कुमार बोहोरा, छिरिङ तेन्जिङ शेर्पा, छिरिङ तामाङ, स्वरोज श्रेष्ठ, रमेश पाख्रिन र शामदेन तामाङ क्रमश चौंथो देखि दशौँ स्थानमा रहे । महिलातर्फ गौरीले उपाधि जित्दा संगीता लामा दोस्रो र लक्ष्मी राई तेस्रो भईन् । यस्तै फुन्जो लामा चौंथो र साजनी लामा पाँचौं भईन् ।

अल्पाइन स्की जुनियरको पुरुषतर्फ सागर तामाङले उपाधि जिते । उमङ रञ्जित दोस्रो र क्षितिज किरण रञ्जित तेस्रो भए । महिला जुनियरतर्फ लाक्पा डोमा शेर्पा पहिलो, आयुशी महर्जन दोस्रो र उजला मुनिकार तेस्रो भईन् । स्नो बोर्ड स्कीतर्फको उपाधि विशाल तामाङले हात पारे । निरन तामाङ दोस्रो र छिरिङ तामाङ तेस्रो भए । क्रस कन्ट्रीतर्फ सुजाता न्यासुरले उपाधि जितिन् । इशा तामाङ दोस्रो थुप्तेन लामा तेस्रो भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया